राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले संगठन बिस्तार अभियान अन्तरगत जिल्लाका विभिन्न स्थानमा कमिटी बिस्तारको क्रममा अन्नपुर्ण गाउँपालिकाको घारमा वडा कमिटी गठन भएको छ । राष्ट्रिय युवा संघ नेपालको साउन २० गते सम्पन्न जिल्ला कमिटीको पुर्ण बैठकको निर्णय अनुसार जिल्लाका नगर तथा गाउँपालिका तथा स्थानियतह भित्रका वडाहरुमा संगठन बिस्तार तथा सुदृढिकरण गर्ने अभियान अन्तर्गत शुक्रबार अन्नपुर्ण गाउँपालीका–६, मा राष्ट्रिय युवा संघ नेपाल को ५१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
गठित कमिटीको अध्यक्षमा अमृत गर्बुजा, उपाध्यक्षमा सुजन परियार, सचिबमा गुन्जन खड्का, कोषाध्यक्षमा दिपा पुन र सह–सचिवमा गोबिन्द गर्बुजा रहेका छन् । वडाको इन्चार्जमा सफल खड्का, प्रचार–प्रसार बिभाग प्रमुखमा गुन्जन खड्कालाइ चयन गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीका सचिब एवम् संगठन बिभाग प्रमुख शिशिर शाहीले बताए । उनका अनुसार युथफोर्स गाउँ कमिटि अध्यक्षमा केशव खड्का र उपाध्यक्षमा सुरेन बिश्वकर्मा रहेको कमिटीमा बिनोद बरुवाल र राधेश्याम खड्का चयन भएका छन् ।
नेकपा एमाले अन्नपुर्ण गाउँपालीका कमिटी अध्यक्ष खड्ग गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालीका कमिटी सदस्यहरु मेख बहादुर खड्का, राजाराम बरुवाल, सृजना बरुवाल, कृष्ण गर्बुजा लगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय युवा संघ नेपाल अन्नपुर्ण गाउँपालिका संयोजक सुरेश पुर्जाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गुन्जन खड्काले गरेका थिए ।
Previous Articleचीनको सीमा नजिकै यार्तुङमा उत्साहीत मुस्ताङी
Next Article जिल्ला फुटबल संघ गठन