गैर अबासिय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा मिम पुर्जा निर्बाचित हुनु भएकोछ । आज भएको निर्वाचनमा २४२ मत ल्याएर पुर्जा निर्बाचित हुनु भएको हो । उहाँ निकटतम प्रतिद्वन्दी राम चन्द्र छेत्री पदमले १८९ मत प्राप्त गर्नु भएकोछ ।अध्यक्षमा निर्वाचित पुर्जा म्याग्दी प्रवासी नेपाली संघ(मोना)को अन्तर्राष्ट्रिय कार्यसमितिको बरिष्ठ उपाध्यक्ष समेत हुनु हुन्छ।
बरिष्ठ् उपाध्यक्षमा बिष्णु पौडेल, उपाध्यक्षमा खेमलाल सापकोटा र अमीर गुरुङ एबम महिला उपाध्यक्षमा सीता सापकोटा , कोषाध्यक्षमा शुशिला बानिया , सहकोषाध्यक्ष रेखा घिमेरे महासचिबमा सीता क्षेत्री, सचिबमा पेमा लामा र चन्दा खड्का , महिला संयोजकमा जमुना खड्का युबा संयोजकमा निरज गुरुङ निर्बाचित हुनु भएकोछ ।
सदस्यहरुमा बिबेक बास्तोला, ज्ञानेन्द्र आले, दिनेश अर्याल, राम रेग्मी , क्षेत्रीय संयोजकमा सञ्जय श्रेष्ठ, सुबाश पराजुली, सुर्य श्रेष्ठ निर्बाचित हुनु भएकोछ । आईसीसी सदस्यमा टिकाराम सापकोटा निर्बाचित हुनु भएकोछ ।