Share Facebook Twitter LinkedIn Pinterest Email अरु के चाहियो सहर भए । तिम्रा कुरा यहाँ सदर भए ।। कसैका घर आलिशान बने कसैका घर खण्डहर बने ।। पीडा झन–झन थपिदै गए, दुःख दिने आफ्नै रहर भए ।। रुखो स्वर सुन्ने बानी परेछ, कोमल वचन जहर भए ।। खै के मात चढ्यो नेतृत्वलाई, तिम्रा मेरा इच्छा बदर भए ।। सुरेस सुमन डाँगी