लक्जेम्बर्ग । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) लक्जेम्बर्गको नेतृत्वमा पुनः हरि खत्री चयन भएका छन्। हालै सम्पन्न अधिवेशनले २०२१–०२३ कार्यकालको लागि खत्रीको अध्यक्षतामा कार्यसमिति नै सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट बालकृष्ण सापकोटाआइसीसी सदस्यमा चुनिएका छन्।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरी राई, सचिवमा विष्व थापा र सह–सचिवमा युद्धबहादुर थापा चयन भएका छन्। संघ को कोषाध्यक्षमा नारायण प्रसाद दवाड़ी र सहकोषाध्यक्ष मा बिष्णु खत्री चयन भएका छन अधिवेशनले झलक बहादुर महतलाई प्रवक्ता, नवज्योत निउेरलाई युवा संयोजक र दुर्गा केसी थापालाई महिला संयोजकको जिम्मेवारी दिएको छ।
कार्य समिति सदस्यमा : हिमाल सापकोटा,कृष्ण बहादुर कार्की, याम थापा, कबिता अर्याल, राजु गौतम,रामेश्वरी कोईराला सल्लाकारमा नारायण गुरुङ, शान्ति सापकोटा प्रमुखअतिथि बेनेलुक्सका उपप्रमुख सुधीर भट्टराई बिशेषअतिथि लक्जेम्बर्गका नेपाली का कन्सुलर, फ़ोनसुवा पुरुम केन्दीय प्रतिनिधि पदम गुरुङ चएन भएका छन् ।