कोभिड–१९ ले विश्वलाई तहस नसह बनाएको बेला आपतमा परेका नागरिकहरुलाई राहत र उद्धारका लागि क्वीक रश्क्यु फोर्सले आफ्नो सक्रियतालाई बढायो । जलजला गाउँपालिका पर्वतमा दिलीप बरुवालको नेतृत्वमा गठित क्वीक रेश्क्यु फोर्सले गाउँपालिकाको सबै वडामा राहत र उद्धारमा आफ्नो सक्रियता बढाएको छ । कोभिड–१९ को पहिलो लहरमा गत वर्ष पनि सक्रिय रुपमा लागेको फोर्सले यस वर्ष दोश्रो लहरमा पनि निकै उत्कृष्ट तबरले कार्य गरेको छ । फोर्सले गाउँपालिकाको सबै वडामा बिरामीको उद्धार, आर्थिक अवस्था कमजोर भएकालाई खाद्यान्न उपलब्ध गराउनुका साथै स्वास्थ्य सामग्री समेत प्रदान गरेको छ । गाउँपालिका भित्रका जो कसैले पनि समस्या भएको जानकारी पाउन साथ तत्काल रेस्पोन्स गर्नका लागि नै क्वीक रेश्क्यु फोर्स बनाइएको र क्वीक रुपमा रेस्पोन्स गर्ने गरिएको नै छ ।
फोर्सले जलजला गाउँपालिकाको वडा नम्बर १ मा दिनेश कार्की तथा विकास गिरीको संयोजनमा १० जना बिरामीको उद्धार गरेको छ । त्यस्तै विपन्न ५ परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । क्वीक रेश्क्यु फोर्सका संयोजक दिलीप बरुवालका अनुसार वडा अध्यक्ष तुलसी रेग्मी सँगको समन्वयमा आवश्यकताका आधारमा राहत वितरण गर्नुका साथै निर्घरोगीहरुका लागि औषधि पु¥याउने काम समेत भएको छ ।
त्यस्तै जलजला गाउँपालिकाको वडा नम्बर २ मा भीमसेन बराईली, प्रकाश जिसी तथा रामबहादुर विश्वकर्माको अगुवाईमा १९ जना बिरामीको उद्धार गरेको छ । त्यस्तै विपन्न १९ परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । वडा भित्र आवश्कता देखिएका परिवारलाई स्वास्थ्य सामग्री समेत उपलब्ध गराईएको छ ।
त्यस्तै जलजला गाउँपालिकाको वडा नम्बर ३ मा महेन्द्र रेग्मी, जनक अधिकारीको अगुवाईमा १५ जना बिरामीको उद्धार गरेको छ । त्यस्तै विपन्न १० परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । वडा भित्र आवश्कता देखिएका परिवारलाई स्वास्थ्य सामग्री समेत उपलब्ध गराईएको छ ।
त्यस्तै जलजला गाउँपालिकाको वडा नम्बर ४ मा बाबुराम कार्की, भरत खत्री तथा सुजल गिरीको अगुवाईमा २७ जना बिरामीको उद्धार गरेको छ । त्यस्तै विपन्न २५ परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । वडा भित्र आवश्कता देखिएका परिवारलाई स्वास्थ्य सामग्री समेत उपलब्ध गराईएको छ ।
त्यस्तै जलजला गाउँपालिकाको वडा नम्बर ५ मा कृष्ण पौडेल, पुर्ख पुर्जाको अगुवाईमा एक जना गम्भीर अवस्थाकी सुत्केरी सहित १४ जना बिरामीको उद्धार गरेको छ । त्यस्तै विपन्न १२ परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । वडा भित्र आवश्कता देखिएका परिवारलाई स्वास्थ्य सामग्री समेत उपलब्ध गराईएको छ । स्वास्थ्य चौकीलाई पिपिइ सेट ३, मास्क २०० पिस, सेनेटाइजर १ लिटर हस्तान्तरण गरेको थियो । क्वीक रेश्क्यु फोर्सले वडा अध्यक्ष तिलक जिसी संगको समन्वयमा सामग्री बितरण गर्नुका साथै बिरामीहरुलाई निःशुल्क उद्धार गरी बेनी अस्पताल पु¥याएको थियो ।
त्यस्तै जलजला गाउँपालिकाको वडा नम्बर ६ मा श्रीलाल चापागाइँ, दिपक खोरजा पुन, पुरुषोत्तम सुवेदी, कृष्ण पुर्जाले फिल्डमा पुगेरै बिरामीको उद्धार तथा राहतमा खटेका थिए । वडा नम्बर ६ सालिजा क्षेत्रबाट २ जना बिरामीको उद्धार गर्नुका साथै विपन्न २१ परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । वडा भित्र आवश्कता पिपिइ सेट ३, मास्क २०० पिस, सेनेटाइजर १ लिटर वडा अध्यक्ष होमबहादुर फगामी मार्फत हस्तान्तरण गरेको थियो । वडामा हुने कार्यका लागि वडा अध्यक्ष फागमीले नै संयोजन गरेका थिए ।
त्यस्तै जलजला गाउँपालिकाको वडा नम्बर ७ मा बिकास गिरी, परसुराम पौडेल, रामबहादुर नेपालीलगायतको टोलीले वडाका प्रत्येक टोलका नागरिकको अहिलेको अवश्थाको बारेमा सुच्छम निगरानी राख्नुका साथै रेश्क्युका लागि भूमिका खेलको थिए । वडाका १० जना बिरामीको उद्धार गरेर बेनी अस्पताल पु¥याएका थिए भने २२ परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको थियो ।
त्यस्तै जलजला गाउँपालिकाको वडा नम्बर ८ मा महेन्द्र रेग्मी, अनिता रेग्मी, कमल खड्का, कृष्ण श्रेष्ठले वडाका प्रत्येक टोलमा निगरानी राख्नुका साथै रेश्क्युका लागि भूमिका खेलको थिए । वडाका २२ परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको थियो ।
त्यस्तै जलजला गाउँपालिकाको वडा नम्बर ९ माबाट ३ जना बिरामीको उद्धार गरेर अस्पताल पु¥याएको छ । क्वीक रेश्क्यु फोर्सले ८ परिवारलाई खाद्यान्न वितरण गर्नुका साथै स्वास्थ्यचौकीलाई ३ सेट पिपिइ, मास्क, सेनेटाइजर उपलब्ध गराउनुका साथै वडा भित्रका दिर्घ रोगीहरुलाई आवश्यक औषधि समेत ढुवानी गरेको थियो ।
युवा संघ जलजला गाउँ कमिटिको मातहतमा चलेको क्वीक रेश्क्यु फोर्सले पालिका भित्रको पर्वत बेनी प्रहरी चौकी र मिलनचोक प्रहरी चौकीलाई आवश्यक पर्ने मास्क र सावुनका साथै फर्सेमा रहेको आइसुलेसनका लागि मास्क, सावुन, पिपिइ सेट उपलब्ध गराएको क्वीक रेश्क्यु फोर्स एवम् युवा संघ जलजला गाउँ कमिटिका अध्यक्ष दिलीप बरुवालले बताए । बरुवालका अनुसार जलजला गाउँपालिका–३ पर्वत बसपार्क क्षेत्रका १० परिवार मजदुरहरुलाई पनि खाद्यान्न लगायतका राहत उपलब्ध गराएको छ ।
खाद्यान्न राहतमा चामल, दाल, तेल, नुन लगायतका करिब २ हजार ५ सय बराबरको सामग्री उपलब्ध गराउने गरिएको छ । युवा संघको मातहत रहने गरी गठीत रेश्क्यु फोर्सले २ वटा एम्बुलेन्स मार्फत बिरामीलाइ निःशुल्क रुपमा अस्पताल पु¥याउनुका साथै घर सम्म पनि फर्काउने गरेको छ । हाल कोभिड–१९ को संक्रमण केही कमजोर देखिएको भए पनि एम्बुलेन्स सेवा सुचारु रहेको अध्यक्ष बरुवालले बताए । बरुवाल भन्छन् –‘यो नितान्त सामाजिक काम हो, आवश्यकता देखिएको स्थानमा सहयोग, राहत एवम् उद्धार भएको छ र अन्य क्षेत्रमा पनि हामी सहयोग गर्दै जानेछौं ।’
जलजलामा क्वीक रेश्क्यु फोर्सको सक्रियता (फोटो फीचर सहित)
Previous Articleसाढे दुई वर्षपछि फर्किएको खुसी (फोटो फीचर सहित)
Next Article प्रेस चौतारी म्याग्दीलाई मास्क तथा स्यानीटाइजर सहयोग