म्याग्दी प्रवासी नेपाली संघ (मोना) साइप्रसले क्षेत्रिय कमिटी गठन गरेको छ । साइप्रसको लिमासोल बसोबास गर्ने म्याग्देलीलाई एकजुट बनाउन गठन गरेको समितिको अध्यक्षमा नवराज कँडेल, उपाध्यक्ष भिमा तिलिजा,सचिवः दिलु पुन, कोषाध्यक्ष उमा थापा रहेका छन् ।
कार्यसमितिको सदस्यहरुमा चन्द्रा पुन, माया रन्तिजा, कला घर्ती, प्रविना घर्ती, अनिता पुन र सपना मगर र सल्लाहकार तथा मोना अन्तराष्ट्रिय आईसी सदस्यमा मिना श्रेष्ठलाई चयन गरिएको मोना साइप्रसका अध्यक्ष लोकराज रोकाले जानकारी दिए ।
रोजगार, शिक्षा लगायत विभिन्न सिलसिलामा साइप्रसमा रहेका म्याग्देलीलाई मोनामा आवद्ध हुन अपिल समेत गरिएको छ । यता मोना अन्तराष्ट्रियका महासचिव विक्रम कार्कीले विश्वभर रहेका म्याग्देलीको एकता र सहकार्यलाई थप बलियो बनाउन मोनामा आवद्ध हुन अपिल गरेका छन् । उनले साइप्रसको लिमासोको क्षेत्रिय कमिटीलाई बधाई तथा कार्यकालको शुभकामना समेत दिएका छन् ।