चीनका नागरिकले अब तीन सन्तान जन्माउन पाउने अनुमति पाएका छन् । चीनले तीन सन्तानकाे अनुमति दिएसँगै अब दुई सन्तानकाे कडा नीति समाप्त भएकाे छ ।
चीनकाे सरकारी समाचार एजेन्सी सिन्ह्वाका राष्ट्रपति सी जिनपिङकाे नेतृत्वमा भएकाे पाेलिटब्युराे बैठकमा तीन सन्तान जन्माउन पाउन अनुमति दिने निर्णय लिइएकाे हाे ।।
चिनियाँ सरकारले तीन सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने नीतिसमेत लागू गर्ने बताएको छ । तेस्रो सन्तान जन्माउनेका लागि अवकाश पाइने समय सार्ने, बालबच्चाको हेरविचार गर्ने सुविधामा सुधार गर्ने, सुत्केरी बिदा बढाउने, चाइल्ड बर्थ इन्स्योरेन्स गर्नुका साथै युवालाई विवाह र परिवारबारे शिक्षा दिइने जस्ता सुविधाहरु अघि सारेको जनाइएको छ ।
चीनमा एक दशकमा हुने जनगणनामा त्यहँ जनसङ्ख्या पछिल्लाे केही दशकमा पहिलाे पटक सुस्त गतिमा बढिरहेकाे पाइएपछि यस्ताे निर्णय आएकाे हाे ।
यसपछि धेरै बच्चा जन्माउनका लागि गर्न र जनसङ्ख्या गिरावट राेक्न चीनमाथि दबाब बढेकाे थियाे ।
यस महिनाकाे सुरुवातमा जारी जनसङ्ख्याकाे आँकडामा गएकाे वर्ष चीनमा एक कराेड २० लाख बालबालिका जन्मिएका र याे सन् २०१६ पछि भएकाे ठूलाे गिरावट र १९६० पछि सबैभन्दा कम बालबालिका जन्मिएकाे बताइएकाे थियाे ।
सन् २०१६ मा चीनमा एक कराेड २० लाख बालबालिका जन्मिएका थिए ।
जनसङ्ख्याकाे यी आँकडापछि चीनले बच्चा जन्माउनका लागि पारिवारिक नीतिहरू खुकुलाे पार्ने मान्न थालिएकाे थियाे ।