पर्वत, २९ कात्तिक – उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाईबाट दाजुको मृत्यु भएको छ ।
शनिबार राति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाई ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाईबाट ज्यान गएको हो । घरायसी सामान्य विवाद हुँदा टाउकोमा ढुङ्गाले लागी गम्भीर घाइते भएका दलबहादुरको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उक्त घटनामा संलग्न बलबहादुरलाई जिप्रका पर्वतले पक्राउ गरेको छ । शव गण्डकी अस्पताल पोखरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पर्वतका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।
Previous Article२०७३ कात्तिक २९ गते सोमबारको राशिफल
Next Article २९ कात्तिक २०७३, ढोरपाटन दैनिक