विश्व भर छरिएर रहेका म्याग्देलीहरुलाई एकै सूत्र मा बाँध्ने हेतुले स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले आफ्नो सञ्जाल बिस्तारलाई निरन्तरता दिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा केन्द्रीय कार्यालय रहेको संघ विश्वका धेरै देशमा सक्रिय कार्य समिति रहेका छन् ।
म्याग्दी जिल्लाको विकासमा तथा प्रवासमा समस्यामा परेका आफ्ना नागरिकको सेवामा अग्रणी भूमिकामा रहँदै आएको संघले हालै मात्र युरोपियन देश रोमानियॉमा मोनाको नयाँ शाखा बिस्तार गरेको हो । रोमानियाको राजधानी बुचारेस्टी टिटान पार्कमा आयोजित पहिलो साधरणसभाबाट “जहाँ संगठन त्यहाँ समाधान” भन्ने मुल नाराका साथ बिजय कुवरको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गर्दै मोना रोमानियॉ गठन गरेको छ। नवनिर्वाचित कार्यसमितीको बरिष्ठ उपाध्यक्ष डेनिस थापा, उपाध्यक्ष हिमाल सेरपुन्जा, महासचिव अजय कुमार श्रेष्ठ, सचिब सेन्स पुर्जा, कोषाध्यक्ष दिल प्रासाद गर्बुजा, सह कोषाध्यक्ष गोबिन्द बरुबाल रहेको समिति चयन भएको मोना आईसिका महासचिव बिक्रम कार्किले बताए । त्यस्तै सदस्यहरुमा धन तिलिजा, भबिन गुरुङ, किरण कडेल, भगवान जि सी, जीवन के.सी. खिम बहादुर रोका, लिल बहादुर कर्की, मुक्त महासंकर, ओम पुन, याम माया घर्ती मगर, सुरज भण्डारी, तारा बहादुर पुर्जा, चित्र मान छ्न्त्यालर बेल बहादुर परियार रहेका छन । संघको सल्लाहकारमा मन सेरपुन्जा र कवि रोका चयन भएका छन ।
अध्ययन तथा बैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ पुगेका म्याग्देलीहरुको सहभागीतामा उक्त संघको गठन गरिएको मोना आईसिका महासिचव बिक्रम कार्कीले जानकारी दिए । आफ्नो नेतृत्वमा प्रवासमा मोनाको कान्छो बिरुवा रोपिएको बताउँदै नवनिर्वाचित अध्यक्ष कुवँरले त्यसलाई मलजल सहित हुर्काउन रोमानियॉमा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई अनुरोध गरेका छन । कर्मभुमि तथा गृह जिल्ला मात्र नभई नेपालकै हरेक बिकास तथा दुखमा मल्हम लगाउन आफू सदैव प्रतिबद्ध रहेको बताए ।