पोखरा, २९ कात्तिक – सहमतिको नाममा पार्टीले टीका लगाएर नेतृत्व चयन गर्न लागेको भन्दै नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि रुष्ट बनेका छन् । उनीहरूले प्रजातन्त्रको हिमायती ठान्ने कांग्रेसको शीर्ष नेतृत्व नै टीका लगाउने पक्षमा लगातार लविङ गरिरहेको भन्दै त्यसको विरोध जनाएका छन् । नेपाल तरुण दलको शनिबार सुरु चौथो महाधिवेशनको दोस्रो दिन पोखरा सभागृहमा भएको बन्दसत्रमा बोल्ने अधिकांश वक्ताले भित्री तहमा बसेर नेतृत्व चुन्ने प्रक्रिया आफूहरूलाई अमान्य भएको र विधिसम्मत निर्वाचन हुनुपर्नेमा जोड दिए |
तीन दिनसम्म चल्ने महाधिवेशनमा सोमबार निर्वाचन हुने कार्यतालिका छ । यद्यपि, सर्वसम्मत गराउने पक्षमा माउपार्टी कांग्रेसका शीर्ष नेता नै लागिपरेका छन् । आइतबार राति ८ बजे सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको राष्ट्रबैंक गेस्ट हाउसभित्र नेताहरूबीच सहमति जुटाउन छलफल भएको थियो । सो छलफलमा नेता कृष्णप्रसाद सिटौला रिसाएर फर्किएका छन् । उनले लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनमा जानुपर्नेमा जोड दिए ।
कांग्रेस पूर्वमहामन्त्री सिटौलाले पोखरामा छुट्टै पत्रकार सम्मेलन गरी निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने माग गरे । उनले निर्वाचनले पार्टीलाई बलियो बनाउने हुँदा निर्वाचनबाट डराउन नहुनेमा पनि जोड दिए । ‘निर्वाचनले नै संगठनलाई बलियो बनाउँछ,’ उनले भने, यसबाट भाग्नुहुँदैन ।’
छलफलमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिटौला, नेता खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, प्रकाशशरण महतलगायत सहभागी थिए । भित्र शीर्षतहको छलफल हुँदै गर्दा महाधिवेशन प्रतिनिधिले चर्को नाराबाजी लगाएका थिए । उनीहरूले तरुण दल जिन्दावाद, नेतृत्व हस्तक्षेप बन्द गरलगायत नाराबाजी गरेका हुन् । राजधानी
देउवाले बोलाएको बैठकमा सिटौला रिसाएर फर्किए
Previous Articleसुजातालाई ५० लाख दिने, तुलसी गिरीको रोकियो
Next Article बिरामीले हेलचक्र्याइँ गरे घातक हुने मधुमेह रोग