प्रविधि र सूचनाको पहुँचमा महिलाहरुको समान पहुँच बनाउनका लागि विभिन्न दिवस र अभियानहरु नथालिएको पनि होइन । तर, हरेक वर्ष जस्तै भ्यालेन्टाइन–डे को पूर्व सन्ध्या अर्थात् ११ फेब्रुअरीमा विज्ञानमा महिलाको पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । लैंगिक समानता आजको आवश्यकता अनि चुनौती पनि हो । मानिसले आ–आफ्नै तबरले विष्लेषण र व्याख्या गरेको भए पनि यथार्थमा यस दिवसको मूल ध्येय भनेकै महिलाहरुलाई पहुँचमा पु¥याउनु नै हो । यस दिनमा प्रविधिमा महिलाको योगदानका साथै कसरी यस क्षेत्रमा महिलाहरुलाई ल्याउन सकिन्छ भन्नेतर्फ पनि विशेष ध्यान दिने गरिएको हुन्छ । महिलालाई कसरी प्रविधिमा ल्याउन सकिन्छ र उनीहरुको क्षमतालाई कुन तबरले प्रयोग गर्न सकिन्छ भनेरै ११ फेब्रुअरीलाई महत्वका साथ मनाइने गरिन्छ ।
इस्रो नाम स्पेस परियोजनामा भारतभरीबाट महिला वैज्ञानिकहरु छनौट गरिएको थियो, उनीहरुको योगदान र विद्धताले गर्दा भारतले सन् २०१२ को अप्रिल महिनाबाट सुरु भएको मार्स अर्विट मिसन केबल १८ महिनामा पुरा गरेको थियो । यस विषयमा विश्वभरी विभिन्न वृतचित्र र चलचित्रहरु बनेका पाइन्छन् । भारतमै पनि अक्षयकुमार अभिनित चलचित्र मिसन मार्स पनि बनेको थियो र त्यो चलचित्रले निकै राम्रो व्यापार पनि गरेको थियो । आधुनिक विश्वमा विज्ञान र प्रविधि अनि नवप्रवद्र्धनमा महिलाहरुको योगदानको कदर गर्ने विशेष दिन फेब्रुअरी ११ मा हामीले पनि आफ्नो तर्फबाट महिलालाई अग्रसर गराउन पहलकदमी गर्नु आवश्यक छ । प्रविधिमा महिलाहरुको योगदान कतिसम्म रहन सक्छ भन्नेतर्फ कुरा गर्नुपर्दा एउटा यही उदाहरण पनि पर्याप्त हुन सक्छ ।
पछिल्लो १५ वर्षमा विश्व समुदायले विज्ञानमा महिलाहरूको उत्साहपूर्ण संलग्नता गराउन प्रयासरत छ । यद्यपि महिलाहरु विज्ञानमा पूर्णतयाः आफ्नो सहभागिता जनाउन असक्षम भएको देखिन्छ । अहिलेको अवस्थामा विश्वभरका वैज्ञानिक रिसर्च गर्ने व्यक्तिहरुमा ३० प्रतिशतभन्दा कम महिलाहरूको संलग्नता भएको पाइएको छ । यो आँकडा पुरुषको तुलनामा निकै कम हो । हुन त नेपालमा अन्य क्षेत्रमा पनि महिलाको सहभागितालाई ३३ प्रतिशत सुनिश्चित गरिएको भए पनि स्थानीय तहमा भने अध्यक्ष र उपाध्यक्षमा आधा आधाकै अवस्थामा प्रतिनिधित्व गराउन खोजिएको छ । महिलाहरुको विज्ञानमा समान पहुँच र उत्साहजनक उपस्थितिले मात्र महिला र पुरुष बीचको असमानताको अन्तरलाई घटाउन सक्छ । हामी अहिले भ्यालेन्टाइनको सप्ताहमा छौं, यसबेला पुरुष मित्रहरुले आफ्नो प्रिय महिला मित्रहरुलाई थुप्रै तरिकाले सम्मान र माया प्रदान गरिरहन्छन् । यसै सप्ताहमा परेको आजको दिनले पुरुष मित्रहरुलाई आफ्नो प्रिय मित्रको विज्ञानसँगको संलग्नता र सहभागिता के कस्तो छ र कसरी सुधार्न सकिन्छ भनेर सोच्ने मौका दिएको छ । आजको दिनको महत्व विश्वभरीको महिलाले बुझ्न जरुरी छ । आउँदै गरेको भ्यालेन्टाइन–डे को शुभकामनासहित आजको दिनलाई आ–आफ्नो तर्फबाट विशेष बनाउन पहल गरौं ।
Previous Articleअखिल नेपाल महिला संघले गर्यो कानुनी राजको माग
Next Article बौद्धिक अपाङ्गता व्यक्तिहरुका लागि अधिकारको माग