बागलुङ, २८ कात्तिक – अवसर पाएमा बहिराले पनि अन्य नागरिक जस्तै काम गर्न सक्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । बागलुङ बहिरा संघको १७ औं स्थापना दिवशको अवसरमा आयोजित एक कार्यक्रमका बोल्ने वक्ताले अपांगलाई राज्यले दिएको अधिकारलाई सदुपयोग गरेर समाजमा केही उदाहरणीय काम गरेर देखाउन बहिराहरु तयार रहनुपर्ने समेत बताए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष बसन्तजंग राजभण्डारीले सुस्त मनस्थितिको समूहमा रहेका बहिरालाइ छुट्टै संघ बनाएर २०५६ सालमा बहिराको संगठन निर्माण गरेको बताए । उनले राज्यदेखि समाजका हरेक क्षेत्रमा अपांगलाई उचित अवसर नभएको गुनासो गरे । साथै कानूनले दिएको अधिकारको खोजीका लागि सक्रिय बन्नुपर्ने धारणा पनि राखे ।
कार्यक्रममा जिल्ला अध्यक्ष सन्तोष पौडेल, धौलागिरी बहिरा विद्यालयको प्रगतीशिल बाल क्लबका अध्यक्ष बासु थकाली, जुनियर रेडक्रसकी अध्यक्ष सुनिता पौडेल लगायतले अवसर पाएमा जस्तोसुकै काम गर्न सक्ने बताए । बहिरा संघकै अगुवाइमा जिल्लामा विद्यालय पनि संचालनमा छ ।
अहिले बहिरा विद्यालयमा उमावि तहको कम्प्युटर इन्जिनियरिङ पढाई भैरहेको छ । बहिरा संघमा पनि १ सय २० भन्दा धेरै आवद्ध छन् । उनीहरुलाई शिप मूलक तालिम, बहिरा भाषा सिकाउने र आवस्यक अन्य सहयोग गरिंदै आइएको पौडेलले जानकारी दिएका छन् ।
Previous Articleतरकारीवाली र क्लिण्टनः के हो नारी चिन्तन !
Next Article सहकारीको साधारणसभा