काठमाडौं, २८ कात्तिक – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि गराएको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण राजधानीसहित देशभरका सडकहरुमा सवारीका साधन कम चलेका छन् भने गन्तब्यमा पुग्न सर्वसाधारणले सास्ती भोग्नु परेको छ । यस्तै उद्योग, कलकारखाना, शिक्षण संस्था, बजारलगायतमा पनि बन्दको सामान्य प्रभाव परेको छ ।
बन्दकर्ताले गर्न सक्ने अराजक गतिविधिलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी प्रद्युम्न कार्कीले जानकारी दिए । उनका अनुसार बन्द गराउँदै हिँड्ने ५० जनालाई राजधानीको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ । बन्द सफल पार्न भन्दै विप्लवका कार्यकर्ता बिहानै राजधानीका चोकचोकमा भेला भएका थिए ।
उनीहरुले गर्न सक्ने सम्भावित तोडफोडलाई मध्यनजर गर्दै प्रहरी सचेत हुँदा अहिलेसम्म कुनै अप्रिय घटना हुन नपाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमध्ये नेकपा माओवादी काठमाडौं जिल्ला समितिका उपाध्यक्षे सुर्य भुजेल र जिल्ला सदस्य विशाल लामा समेत रहेका छन् । पक्राउ परेकाहरुलाई, सिंहदरबार, कालिमाटी, महाराजगञ्ज लगायतका प्रहरी वृत्तहरुमा राखिएको बताइएको छ । प्रहरीले बन्द विफल बनाउन सादा पोशाकमा राजधानीका चोकचोकमा प्रहरी परिचालन गरिएको जनाएको छ ।
मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि आफ्नो पार्टी नेपाल बन्द गर्न बाध्य भएको पार्टीका पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले बताए ।
पुनले पटकपटक सरकारका ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि बन्दको आयोजना गर्न बाध्य भएको उनको दाबी छ ।
खाद्य सम्प्रभुताको बन्दले देशभरको जनजीवन प्रभावित
Previous Articleपूरा गर्लान् त ट्रप्पले यी ४ प्रतिबद्धता ?
Next Article हृदयाघातबारे जानिराख्नुुपर्ने कुरा