खाद्य सुरक्षा र भूउपयोग नीति कडाइ गर्न माग
बागलुङ, २७ कात्तिक – जिल्ला कृषि विकास कार्यालयले २०७२ सालको राष्ट्रपति उत्कृष्ठ किसान पृुरस्कार तथा अन्य किसान र संचारकर्मीलाइ पुरस्कृत गरेको छ ।
कार्यालयमा आयोजित ३६ औं विश्व खाद्य दिवश तथा बार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । गत आवमा सिगानाका टुकबहादुर खड्का, दगातुम्डा“डाकी पवित्रा केसी र बानपा ४ की सरु बस्नेतले उक्त पुरस्कार पाएका हुन् । १० हजार रुपैया“ नगद र प्रमाणपत्र रहेको पुरस्कार निमित्त प्रजिअ धु्रव गिरी, स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य र बरिष्ठ कृषि विकास अधिकृत बिनोद हमालले प्रदान गरेका थिए ।
हरेक जिल्लामा व्यवसायिक कृषि पेशा अंगालेर उदाहरणीय बन्दै आएका किसानलाइ राष्ट्रपति सम्मान दिने चलन छ । उक्त अवसरमा व्यवसायिक कृषिमा लागेका अन्य किसानलाइ पनि विषयगत रुपमा पुरस्कार र सम्मान दिइएको थियो । पुरस्कारमा मकै, धान, तरकारी लगायतका विषयगत क्षेत्रमा गरेको कामको मूल्यांकनको आधारमा पुरस्कार दिइएको हो ।
त्यस्तै संचारमाध्यम मार्फत कृषि क्षेत्रका गतिविधिलाइ प्रचारप्रसार गरेको भन्दै चारजना पत्रकारलाइ पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा कान्तिपुर दैनिकका पत्रकार प्रकाश बराल र गोरखापत्र दैनिकका प्रदिप पन्तलाइ पुरस्कार दिइएको हो । त्यस्तै रेडियोमा प्रस्तोताको रुपमा रहेर कृषि विषयलाइ उठाउने रेडियो सारथीका कमल पौडेल र रेडियो ढोरपाटनकी मिनु विसीलाइ पनि पुरस्कृत गरिएको हो । उनीहरुलाइ ५ हजार रुपैया“ नगद र प्रमाणपत्र दिइएको थियो ।
कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले चालु आर्थिक बर्षका लागि स्विकृत कार्यक्रम र बजेट बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले प्रस्तुतीकरण गर्दै बागलुङ जिल्ला खाद्य सुरक्षाको दृष्टिले राम्रो रहेको भन्दै खाने बानीको सुधार गर्न सकेमा जिल्लाबासीलाइ बेसाहा खानु नपर्ने बताए । ‘खाद्यान्नको तुलनामा सबै जनतालाइ खान पुग्ने अवस्था छ’ उनले भने, ‘उत्पादीत सबै प्रकारका अन्नको समानुपातिक रुपमा खाने चलन बसाल्न आवस्यक छ ।’ चामल वा भात मात्र खाने बानीले गर्दा अन्य खाद्यान्न खेर जाने र चामल करोडौंको बेसाउन पर्ने अवस्था रहेको पनि उनले बताए ।
उनले गहु“, मकै, कोदो, तरकारी र अन्य खाद्यवालीलाइ समेत समान रुपमा खाने व्यवस्था गरेमा जिल्लाले बेसाहा खानु नपर्ने समेत प्रष्ट पारे । उक्त अवसरमा हमालले आव २०७३÷०७४ मा कार्यालयले जिल्लामा संचालन गर्ने ७ प्रकारका कार्यक्रमहरु पनि सार्वजनिक गरेका थिए । उनका अनुसार कृषि प्रसार आयोजना, साना सिंचाइ निर्माण, एकीकृत बाली तथा जल व्यवस्थापन आयोजना, बागवानी विकास आयोजना, सुन्तला बगैचा निर्माण र सुदृढीकरण, बाली विकास कार्यक्रम तर्फ वृहत्तर मकै उत्पादन कार्यक्रम, भूकम्प पिडित राहत कार्यक्रम र प्रधानमन्त्री संग कृषि कार्यक्रम रहेको बताए । ती सबै कार्यक्रमका लागि ५ करोड १२ लाख रुपैया“ खर्च हुने जानकारी दिए ।
पछिल्लो समयमा जिल्लामा टनेलमा तरकारी खेती गर्ने चलन बढेको भन्दै उनले समय अनुसारमा मौषमी खाना खाने र मकै, कोदो र गहु“लाइ पनि प्रमुख खाद्यबालीको रुपमा भरपुर उपयोग गर्न सबैले अभियान चलाउनुपर्नेमा जोड दिए । कार्यालयले कृषिलाइ व्यवसायिकीकरण बनाउनका लागि मिनिटेलर हलो वितरण अभियानलाइ पनि अगाडि बढाएको छ । चालु बर्षका लागि मात्र १ सय वटा त्यस्ता हलोको माग भएको उनले बताए । कार्यालयले किसानलाइ २५ प्रतिशत अनुदान दिएर हलो वितरण गर्छ । त्यस्तै उन्नत बीउ उत्पादन, बजारीकरण लगायतको क्रियाकलापमा पनि कार्यालयले सहयोग गर्दै आएको छ ।
कार्यक्रममा निमित्त प्रजिअ धु्रव गिरीले कृषि पेशालाइ छाडेर बैदेशिक रोजगारीबाट आएको विप्रेषणको भरमा अर्थतन्त्र चलाउने प्रवृत्ति बढेकोले कुल ग्राहस्थ आम्दानीमा कृषि क्षेत्रको योगदान घट्दो दरमा रहेको टिप्पणी गरे । उनले बस्तीलाइ उत्पादनशिल जमिनमा सर्न नदिने र भरपूर भूउपयोग नीति कडाइका साथ ल्याउनुपर्नेमा पनि जोड दिए ।
स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यको अध्यक्षता, कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी बिप्लब अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा पुरस्कृत किसान टुकबहादुर खड्का, राजनीतिक दलको तर्फबाट राष्ट्रिय जनमोर्चाका भीमसेन वन लगायतले खाद्य सुरक्षा, हाम्रो संस्कृति र भूउपयोगमा खेल्नुपर्ने भूमिका बारेमा आफ्नो धारणा राखेका थिए ।
Previous Articleअपाङ्गहरुको लागि स्वास्थ्य शिविर हुने
Next Article नेपाल इतिहास रच्दै सोलिडारिटी कपको फाइनलमा