बागलुङ, २७ कात्तिक – शारीरिक अपाङ्गता भएका १८ बर्ष मुनिका बालबालिकाहरुको परिक्षण, पहिचान तथा पुनःस्थापनाका लागि धौलागिरी अञ्चलका तीन जिल्ला बागलुङ, म्याग्दी र पर्वतमा घुम्ति स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
उक्त शिविरको लागि प्रचार प्रसार तथा सरकारी तथा गैरसरकारी कार्यालयहरुको सहयोगको लागि शुक्रबार जिल्लाका सरोकारवालाहरु विच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
शारीरिक विचलन भएका बालबालिकाका लागि आगामी मंसिर महिनाको २० गते म्याग्दीको म्याग्दी अस्पताल बेनीमा, २२ गते बागलुङको बुत्र्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा, २४ गते बागलुङको धौलागिरी अञ्चल अस्पतालमा र २५ गते पर्वतको पर्वत अस्पतालमा स्वास्थ्य शिविर संचालन गरिने कार्यक्रममा जानकारी गराइएको छ । धौलागिरि अञ्चलाई लक्षित गरी बागलुङ, म्याग्दी र पर्वत जिल्लामा हुने शिविरमा शारिरिक विचलन भएका व्यक्तिहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य रहेको छ ।
अपाङग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा, अपाङगता सरोकार संघ बागलुङको समन्वय र प्लान नेपाल अन्तर्गतको समावेशी शिक्षा प्रबद्र्धन परियोजनाको सहयोगमा अपाङगता भएका बालबालिकालाई शिविर मार्फत परामर्श दिने बताइएको छ ।
शारीरिक अपाङगता भएका मानिसहरु पनि स्वतन्त्र रुपमा बाच्नुका साथै हिडडुल गर्न सक्नुपर्छ भन्ने लक्ष्यका साथ बागलुङ, म्याग्दी र पर्वत जिल्लामा झण्डै २ सय जनाको स्वास्थ्य परिक्षण गरिने सिबिआरका कार्यक्रम संयोजक नेत्रबहादुर देउजाले जानकारी दिए ।
अपाङग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले नेपालमा ७३ हजार भन्दा बढि बालबालिकालाई सेवा दिएको र १५ हजार लाभान्वित भएको जनाएको छ । अ
पाङगता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले संचालन गरेको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय बागलुङकी निमित्त प्रमुख सरस्वती रेग्मी, गैसस महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।
Previous Article२७ कात्तिक २०७३, ढोरपाटन दैनिक
Next Article उत्कृष्ठ किसान र संचारकर्मी पुरस्कृत