नबिर्सने एउटा यस्तो पल दिन्छु म ।
तिम्रो तिर्खा मेटाउने जल दिन्छु म ।
दुःख दर्द घाउ चोट दिनु तिमीले,
पिडाबीच पनि फुल्ने कमल दिन्छु म ।
देशरुपी बटवृक्षको हूँ सानो पात,
झरे नि यो माटोलाई मल दिन्छु म ।
घृणाबीच मायाको बीउ उमारेर,
युगौंसम्म विश्वासको फल दिन्छु म ।
मितु हूँ स्वभावै हो मित्रता मेरो,
जस्तो सुकै शत्रुतालाई दखल दिन्छु म ।