बागलुङ, २६ कात्तिक – विद्यामन्दिर पुस्तकालय बागलुङको संस्थागत विकासको लागि शुरू गरेको अभियान अन्र्तगत अहिलेसम्म २ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । सहयोग अभियान सामाजिक सन्जाल फेसबुकबाट शुरू गरेपछि पुस्तकालयलाई सो रकम संकलन भएको हो ।
‘एक ब्यक्ति न्युनतम एक हजार अभियान’लाई बागलुङ अमलाचौर घर भई हाल जापान बस्दै आएका दिपेन्द्र केसी, सिगाना घर भई हाल कोरियामा रहेका सज्जनकुमार सिँह, व्यवसायीहरु सन्तोष गौतम, पवनलाल राजभण्डारी, लक्ष्मी बास्कोटा, अनिश खाती, मुरारी गैरे, राजन शाक्य, सिता राजभण्डारी, हटियाका यशोदा थापा, बलेवाका जगत पाठक, धनबहादुर परियार, हिलका ईन्जिनियर दिलबहादुर थापा, काठमाडौका एलिना शाही, सुनिल प्रधान, बिना रोकाय, मिना ताम्राकार, लायन्स क्लब बागलुङका अध्यक्ष दुर्गा कुँवरले सहयोग गरेको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले जानकारी दिए । पुस्तकालयमा अहिले पाठकको भी लाग्न थालेको छ ।
Previous Articleबुर्तिवाङले ३ वर्षपछि आफ्नै सचिव पायो
Next Article भूस पोल्ने मेला शुरु