
कोरोना संक्रमण भएर हिमाली जिल्ला म्याग्दीको आइसुलेसनमा उपचाररत रहेका पाँच जना शुक्रबार कोरोना मुक्त भए सँगै शनिबार बिहान घर फर्के सँगै कोरोना जितेर घर फर्कनेको संख्या ११ पुगेको छ ।
कोरोना संक्रमण भएर उपचार भै रहेका ४ जना पुरुष र १ महिलाको पिसिआर परीक्षण नेगेटीभ आएपछि शनिबार बिहान डिस्चार्ज गरीएको हो । गत असार १४ गते स्वाव संकलन गरी पठाएकोमा शुक्रबार साँझ रिपोर्ट नेगेटीभ आएपछि शनिबार बिहान डिस्चार्ज गरीएको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । लम्सालका अनुसार कोरोना रिपोर्ट नेगेटीभ आएका पाँचै जनालाई आवश्यक निर्देशन सहित डिस्चार्ज गरीएको हो । कोरोना संक्रमणबाट मुक्तहुनेमा रघुगंगा–३ पिप्लेका एक पुरुष बेनी नगरपालिका –२ ज्यामरुककोटकि एक महिला तथा मंगला गाउँपालिका १ कुहुँ, ३ बरंजा र ५ अर्मन का पुरुष रहेका छन् ।
एक जना भारतबाट आएकी बालिकको भने तेश्रो रिपोर्ट पनि पोजेटीभ आएको छ । उनकी आमाको दश दीन अगाडी नै नेगेटीभ आएको भएपनि ९ वर्षिय बालिकाको रिपोर्ट भने पोजेटीभ आएको कारण छोरी सँगै नेगेटीभ आएकी आमा पनि आइसोलेसनमै रहनुभएको छ ।
त्यस्तै भारतबाट आएर बेनी क्वारेन्टीनमा बसी रहेका मंगला गाउँपालिका १ का २४ वर्षिय पुरुष, साउदीबाट आएका रघुगंगा गाउँपालिका–२ का २७ वर्षिय र रघुगंगा गाउँपालिका ३ घर भै भारतबाट आएका ४७ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । असार १४ गते पिसिआर परीक्षणका लागि स्वाव संकलन गरीएका उनीहरु तीनै जनाको नतीजा पोजेटीभ आएपछि बेनीको खुल्लामञ्च स्थीत आइसुलेसनमा लगेर उपचार थालिएको छ । हाल सम्म कोरोना संक्रमण हुनेको संख्या हिमाली जिल्ला म्याग्दीमा १९ पुगेको छ । अहिले आइसोलेसनमा ८ जना संक्रमित सँगै ९ जना उपचाररत रहेको जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

?
