आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति देशका सबै ठाउँमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षा हुने ठाउँमा नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनउन मौसमविदको सुझाव छ ।