चीन र भारतबीच झडप भएको गलवान उपत्यकामा आफ्नो स्वामित्व भएको चीनको दाबीलाई भारतले अस्वीकार गरेको छ ।
सोमबार राति भारतीय र चिनियाँ सैनिकबीचको सङ्घर्ष हुँदा भारतीय सेनाले सीमा क्षेत्र पार गरेको आरोप चीनले लगाएपछि भारतले चीनको दाबीलाई अस्वीकार गरेको हो । बुधबार चीनले गलवान उपत्यका आफ्नो भएको बताएको थियो ।
चीन र भारतका विदेश मन्त्रीको वार्तापछि जारी प्रेस विज्ञप्ति निकालेर भारतले चीनले रणनीतिक रूपमा महत्तवपूर्ण गलवान उपत्यकाको सीमामा चीनले निर्माण गर्न प्रयास गरेपछि सङ्घर्ष भएको दाबी गरेको छ । भारतले त्यसलाई हिंसा र मानवीय क्षतिका लागि चीनको जिम्मेवार योजनाबद्ध काम भन्दै सच्याउन भनेको बीबीसीले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले गलवान क्षेत्रमा चीनको दाबीलाई अतिरञ्जित र समर्थन गर्न नसकिने भएको बताएको छ । दुवै पक्षले विकट हिमाली क्षेत्रको विवादास्पद सीमामा भएको घटनाकाे सम्बन्धमा आ–आफ्नो तर्फबाट विरोध जनाइसकेका छन् ।
गलवान प्राप्तमा भएको झडपमा कम्तीमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो भने चीनले आफ्नो क्षतिबारेमा जानकारी गराएको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दुवै देशका विदेश मन्त्रीहरूले फोन वार्ता गरेका र स्थितिलाई जिम्मेवार तरिकाले व्यवस्थापन गर्न सहमत भएको बताउनुभएको छ ।