कञ्चनपुर, २२ जेठ– कञ्चनपुरमा एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा तीस्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । उनले भारतबाट आएकाहरुको सीमा क्षेत्रमा कोरोना परीक्षण गरेका थिए । सोही क्रममा उनलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित स्वास्थ्यकर्मीलाई हाल सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ । यसअघि मंगलबार मात्र काठमाण्डु मेडिकल कलेज सिनामंगलका दुई स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो ।