सरकारले संविधान संशोधन प्रस्ताव पेश भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । सरकारले भारतीइ अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नयाँ नक्साअनुसारको निशान छाप बनाउन संविधान संशोधन प्रस्ताव गर्दा गराएको हो ।
संशोधन प्रस्ताव पारित हुन संसदमा तत्काल कायम सदस्य संख्याको दुई तिहाई चाहिन्छ । संविधान संशोधन प्रस्तावमा प्रमुख प्रतिपक्षी काँग्रेस र राप्रपाले समर्थन गर्ने निर्णय गरिसकेका छन् ।
मधेस केन्द्रित समाजवादी र राजपाले भने आफूहरुका असन्तुष्टि सम्बोधन हुने गरी प्याकेजमै संविधान संशोधन गर्नुपर्ने सर्त राखेका छन् ।