बाजुरामा क्वारेन्टिनमा मृत्यु भएकी दुई वर्षीया बालिकाको मृत्यु कोरोना भाइरस कोभिड–१९) कै कारण भएको पुष्टि भएको छ ।
क्वारेन्टिनमा अस्वस्थ भएपछि ती बालिकालाई १५ जेठमा अस्पताल भर्ना गरिएको थियो । उनको बाजुरा जिल्ला अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको थियो । तर, कोरोना परीक्षणको रिपोर्ट नआएका कारण मृत्युको कारण स्पष्ट भएको थिएन । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
यसैबीच बालिकाकी आमामा पनि कोरोना पोजेटिभ देखिएको छ ।