काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हिसाबले छानविन प्रभावित भएको सुन्नमा आएव छानवीन गर्ने समिति र संयन्त्रलाई अर्को उच्चस्तरीय छानबिन समिति बनाएर कडा कार्वाही गरिने चेतावनी दिदै छानविन समितिको प्रतिवेदनका आधारमा कार्वाही गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।
जेठ १७ गते बसेको मन्त्रीपरिसदको बैठको सुरुमै युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले रुकुम पश्चिम चौरजहारी नगरपालिका—८ सोती गाउँकी शुष्मा मल्ल र भेरी नगरपालिका—४ राना गाउँका नवराज विकबीचको अन्तरजातीय प्रेम प्रकरणमा रचिएको नरसंहार काण्डबारे ध्यानाकर्षण गराएपछि ,प्रधानमन्त्री ओलीले गृहमन्त्रीलाई निर्देशन दिएका हुन् ।
मन्त्रीपरिसदको बैठकमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले राखेको प्रश्नमा प्रधामन्त्रीले भने,‘यो घटना गम्भीर जधन्य,फौजदारी अपराध र सामाजिक अपराध हो, हत्यालाई कसैले दबाउन खोजे कारबाही गरिन्छ ।’
दलित आन्दोलनका अगुवा, संगठन र संघ—संस्था,मानव अधिकारवादी नागरिक अभियन्ता, विद्यार्थी, पत्रकार, माननीय सांसद र जनप्रतिनिधिहरुको सशक्त आन्दोलनको मागलाई कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीद्वारा कडा निर्देशन दिए ।
प्रधानमन्त्री ओली नर्ममता पुर्वक मान्छे मारिएको र सामाजिक उन्मादमा आएर कानुन हातमा लिएर हत्या गर्ने कुरा कदापी सह्य नहुने बताएका छन् । छानवीन कुनै हिसाबले प्रभावित नहोस,अपराधीलाई कडा कार्वाहीका लागि घटना सम्बन्धि सत्यतथ्य प्रमाणहरुको अनुसन्धान गर्ने,संलग्नहरु लाई गिरफ्तार गर्ने,निष्पक्ष छानवीन गर्ने,छानबिन समितिको प्रतिवेदनका आधारमा कार्वाही गर्न तत्कालै प्रहरी र प्रशासनलाई निर्देशनका लागि गृहमन्त्रीलाई निर्देशन दिए । प्रधानमन्त्रीले छानवीन राम्रो गर्ने, कुनै हिसाबले छानबिन प्रभावित भएको सुन्नमा आयो भने छानवीन गर्ने समितिरसंयन्त्रलाई अर्को उच्चस्तरीय छानबिन समिति बनाएर कडा कार्वाही गरिने चेतावनी समेत दिए । ‘मान्छेको हत्या अपराध हुँदै हो,छानवीनलाई प्रभावित गर्नु झन ठुलो अपराध हो,’उनले भने,‘एक्काइसौं शताब्दीमा पनि जातका आधारमा क्षेत्रियर लैंगिक आधारमा यस्ता सामाजिक अपराधका घटना कुनै किसिमले सह्य हुदैन ।’
Previous Articleबिहानै थपिए कोरोना संक्रमित
Next Article जात व्यवस्थामा रामराज्यको दलन