सल्यानमा २२ र सुर्खेतमा ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णालीमा संक्रमित संख्या १ सय २३ पुगेको छ ।