सरकारले गणतन्त्र दिवस–२०७७ का अवसरमा २ सय ३३ कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अरु आठ व्यक्तिको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफ गरेकी छन् ।
रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजायँ माफी मिनाहा भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
कपिलदेव साह कानूसमेतका आठ व्यक्तिहरुलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।