बागलुङ, २५ कात्तिक – बिगत चार महिनादेखि खोलामा पानीको वहाब बढेसँगै अबरुद्ध बनेको बुर्तिबाङ बजारदेखि निसीभुजी क्षेत्र जोड्ने सिधा यातायात बुधबारदेखि सेराफाँटहुँदै पुनः सिधा सञ्चालनमा आएको छ ।
मध्यपहाडी लोकमार्गको सडक निर्माण तथा स्तरोन्नती, कालोपत्रे लगायतका कार्य सञ्चालन गर्नका निम्ती नदिमा घाट खोलेसँगै सिधा सवारी सञ्चालनमा आएको हो । नदीमा तिन दिन लगाएर घाक निर्माण गरेपछि सेराफाँट क्षेत्रमा सडक केहि साँघुरो भएका कारण ट्रकबाहेक सबै सवारीका साधन सञ्चालनमा आएको छ ।
सडक सुधारसँगै केहि दिनमै लोड सहितको ट्रक समेत सञ्चालनमा आउने मध्यपहाडी लोकमार्गका सुपर भाईजर प्रेमबहादुर कार्किले बताए । यसैबीच बुर्तिबाङको वडा नम्वर २ स्थित सेरा फाँट तथा आसपासको करिब १ किलोमिटर नयाँ सडक निर्माणको कार्यसँगै सोहि स्थानदेखि रुकुमको पाती हाल्ने भन्ने स्थानसम्मको सडक ब्यबस्थापन तथा कालोपत्रे हुने भएको छ ।
सेराघाटदेखि निसीको वडावानखोला धाँँडसम्म शंकर माली कम्पनीले ठेक्का लिईसकेको छ । केहि दिनमै प्राविधिक र ठेकेदारको टोली आएमा सडक मर्मत तथा निर्माणको कार्य सुचारु हुनेछ । निर्मित घाट नजिकै मध्यपहाडी लोकमार्गले मोटरेबल पुल समेत निर्माणको तयारीमा छ ।
Previous Article२०७३ कात्तिक २५ गते बिहीबारको राशिफल
Next Article विद्यालयको सहयोगमा जो यसरी मरिमेटे