भारतमा हालै प्रदर्शनमा आएको एक वेब सिरिजामा नेपाली महिलामाथि अपमानजनक शब्द प्रयोग गरिएकामा उक्त सिरिजकी निर्मात्री अनुष्का शर्मा विरुद्ध ‘लिगल नोटिस’ जारी भएको छ ।
अनुष्काले निर्माण गरेको उक्त सिरिजमा नेपाली महिलाहरुमाथि रण….जस्तो तुच्छ शब्दावली प्रयोग भएको छ । भारतमा कुनै पनि विषयमा कानूनी कारबाही थाल्नुअघि विपक्षीलाई दिइने पूर्वजानकारीलाई ‘लिगल नोटिस’ भनिन्छ ।
भारतमा निःशुल्क कानूनी सल्लाह प्रदान गर्ने एक संस्थासँग सम्वद्ध कानून व्यवसायी वीरेनश्री गुरुङले अनुष्कालाई ‘लिगल नोटिस’ पठाएका हुन् । नोटिसमा सिरिजमा प्रयोग भएको शब्दले नेपालीहरुको अपमान भएको उल्लेख छ । उक्त सिरिजमा एक भारतीय महिला प्रहरीले सोधपुछका क्रममा नेपाली महिलाका रुपमा खडा गरिएकी पात्रलाई तुच्छ र घिनलाग्दो लागी गरेकी छन् । उक्त सिरिजलाई लिएर नेपालमा मात्र नभई भारतमा समेत चर्को विरोध भइरहेको छ
।