काठमाण्डुको कालीमाटीका मासु पसलेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।
बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरका स्थाथी बासिन्दा २८ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो । लकडाउन सुरु भएपछि घर गएका उनी गत २९ वैशाखमा ट्रक चढेर काठमाण्डु आएको खुलेको छ ।