नेपाल दूरसञ्चार कम्पनीको बबरमहलस्थित कार्यालयका चौकीदार कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार धनुषा लक्ष्मीनियाँ गाउँपँलिका–४ अररेवाका २८ वर्षीय संक्रमित दूरसञ्चार कार्यालयका चौकीदार रहेको खुलेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले संक्रमित दूरसञ्चार कार्यालयको चौकीदार रहेको पुष्टि गरे । उनी पछिल्लोपटक होलीमा गाउँ गएर काठमाण्डु फर्किएका थिए ।