राष्ट्रिय जनता पार्टी (राजपा) सांसद महेन्द्र राय यादवले भारतीय सीमा क्षेत्रमा तारबार लगाउन नहुने बताएका छन् ।
उनले सीमामा तारबार लगाउने बहस मधेसीको पक्षमा नरहेको बताए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे धारणा राख्दै पूर्वमन्त्रीसमेत रहेका यादवले । उनले भारतसँगको सीमा समस्या ९८ प्रतिशत समाधान भइसकेको दाबी यादवको थियो । धेरै समस्या समाधान भए पनि दुई देशबीच हस्ताक्षर हुन नसकेको भन्दै यादवले आपत्ति जनाए ।
नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सधैं किचलो गरिरहनुभन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनुपर्ने विकल्प अघि सारेका थिए । उनले हरेक दिन जुधेर सीमानाको रक्षा गरिरहेका मधेसी जनतामाथि राष्ट्रियताको प्रश्न उठाइँने गरेको भन्दै आपत्ति जनाए । उनले कालापानी र सुस्ताको समस्या बेमौसमी राष्ट्रवादका कुराले समाधान नहुने भन्दै भारतसँग वार्ता गर्न सुझाए।