लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाण्डु उपत्यका भित्रिएकाहरु क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम जोखिएको छ ।
सरकारले गत चैत ११ गतेदेखि गर्दै आएको बन्दाबन्दीको समयमै विभिन्न ढंगबाट काठमाण्डु उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं व्यक्ति भित्रिएको पाइएको छ ।
गत बिहीबारसम्म लकडाउनमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासका आधारमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइएको थियो । त्यस समयमा निजी सवारीमार्फत सयौं व्यक्ति काठमाडौं उपत्यका भित्रिएको पाइएको हो । राजधानी दैनिकबाट