नेपाल प्रहरीका ६० प्रहरी निरीक्षक डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले गएराति अबेर बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेहरु पीजी डिपिएस चौथो समूहका हुन् । उनीहरु २०६७ भदौ २४ इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका थिए ।
यस्तै दोश्रो नम्बरमा पन्चकुमार बाखु, तेस्रोमा प्रमेश बिष्ट, चौथोमा नविनराजा बुढाथोकी, पाँचौमा सूर्यबहादुर थापा, छैठौंमा कुमारप्रसाद मैनाली, सातौमा ईन्द्रबहादुर राना, आठौंमा पुर्णिमाकुमारी चन्द, नवौंमा प्रतीक विष्ट र दशौ नम्बरमा नारायण डाँगीको नाम बढुवा सिफारिसमा परेको छ ।
यस्तै बढुवा सिफारि हुने अन्यमा केदारराज पन्त, जयराम कुईंकेल, कविन्द्रकुमार कार्की, उमेश जोशी, शर्मिला गुरुङ, तुर्भुज ओझा, होमबहादुर पराजुली, राकेश थापा, सुवास खड्का, चन्चला श्रेष्ठ, सुवास हमाल, रुपा लाबुङ, अमरबहादुर थापा क्षेत्री लगायत छन् ।