एजेन्सी– कोरोना भाइरस (कोभिड–१९) का कारण भारतमा एकै दिन १ सय ३ जनाको ज्यान गएको छ ।
भरतीय सञ्चार माध्यमहरुको अनुसार यो सँगै भारतमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ८ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या मात्र ३ सय ९० छ ।
कूल संक्रमित संख्या ५६ हजार ३ सय ४२ पुगेको छ । भारतमा हालसम्म १६ हजार बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।