काठमाडौँ, २५ कात्तिक
१. डेमोक्र्याटिकप्रति चरम असन्तुष्टि- डेमोक्र्याटिक पार्टी मध्यपश्चिमका अधिकांश राज्यमा निर्भर थियो । दशकौँदेखि डेमोक्र्याटिकको पक्षमा रहेका ती राज्यमा अश्वेत र निम्नवर्गीय गोरा मतदाताको बाहुल्य छ । निम्नवर्गीय गोराको कलेज शिक्षा हासिल नगरेको ठूलै समूह पार्टीप्रति निराश थियो । ग्रामीण बासिन्दाको सत्तारुढ पार्टीप्रति चरम असन्तुष्टि थियो । ठूलो संख्यामा मतदाताले निर्वाचन बहिष्कार गरेका थिए, जसको फाइदा ट्रम्पलाई भयो ।
२. आक्रामक स्वभाव निर्वाचन अभियानमा ट्रम्पमाथि यौन दुव्र्यवहारदेखि अशोभनीय अभिव्यक्तिको आरोप लाग्यो । महिलाबारे अश्लील टिप्पणी गरेको भिडियो सार्वजनिक भयो । प्रत्यक्ष तीन बहसमा पनि उनको प्रस्तुतिको आलोचना भयो । तर, ट्रम्पले न माफी मागे न हतास भए । बरु पूर्वविदेशीमन्त्री हिलारीको इमेल काण्डमा उनी झन् आक्रमक भए जसको फाइदा उनलाई मिल्यो ।
३. कोमी फ्याक्टर निर्वाचन अभियानको अन्त्यतिर संघीय जाँच ब्युरो (एफबिआई) का निर्देशक जेम्स कोमीले हिलारी क्लिन्टनका गोप्य इमेल प्रकरण ब्युँताइदिए । एफबिआईले क्लिन्टनलाई सफाइ दिए पनि त्यसले ट्रम्पको पक्षमा बल पुग्यो ।
४. प्रचार शैली ट्रम्पको प्रचार अभियान अस्वाभाविक थियो । उनले ह्याटमा धेरै खर्च गरे । अहिलेसम्म रिपब्लिकनका उम्मेदवार नपुगेको विसकन्सिन र मिसिगन राज्यमा पुगे । घरदैलोभन्दा बृहत् र्याली गरे । उनका चुनावी र्यालीमा क्लिन्टनका भन्दा तेब्बर संख्यामा मानिस सहभागी हुने गरेका थिए । निर्वाचन अभियानमा सेलिब्रेटी लगेर हाउभाउ देखाएनन् । नयाँ पत्रिका
Previous Articleअब परीक्षामा सहभागी विषयको मात्रै प्रमाणपत्र
Next Article आयोगले काम नथाल्दा द्वन्द्वपीडित निराश