ओमान/ प्रवासी नेपाली एकता मन्च ओमानले विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण ओमानमा भएको बन्द, लकडाउन र यसले निम्त्याएको नेपालीको रोजगारीमा प्रत्यक्ष असरको बारेमा मञ्चका अध्यक्ष उमेश विक र सचिव महेश न्यौपानेको हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र फेसबुक पेज बाट सार्वजनिक गरि दूतावासलाई ध्यानाकर्षण गराएको छ ।
श्री महामहिम राजदुत
नेपाली राजदुतावासको कार्यालय
अलकुरूम, मस्कट, ऒमन ।
विषय:- ध्यानाकर्षण-पत्र
महोदय,
उपरोक्त सम्बन्धमा ओमन स्थित करिव २० हजारको हाराहारीमा रहेका नेपाली कामदारहरु सबै राम्रो स्तरको काममा अथवा राम्रो पारिश्रमिकमा नभई घरेलु कामदार, होटल-क्याट्रिङ्ग , ब्यापार, भवन निर्माण, खेती तथा बगैंचाको काम एवं स-साना कम्पनीहरुमा थोरै पारिश्रमिकमा आफना दैनिकी बिताउँदै आएका नेपाली दाजु भाई दिदी बहिनीहरुलाई विश्व महामारीको रुपमा फैलिएको भाईरस (Covid-19) का कारण हुन गएको बन्द, लकडाउन र यसले निम्त्याएको प्रत्यक्ष असरहरु प्रति हामी सबै जानकार नै छौ ।
यसै सन्दर्भमा नेपाली दाजुभाई दिदीबहिनीहरुले हालको यो विषम परिस्थितीमा हामी सबैको अविभावक तथा नेपाल सरकारको सम्बन्धित निकाय “नेपाली राजदुताबास “मार्फत अपेक्षा गरिएका केही कुराहरु यस ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौं , जुन बुँदागत रुपमा तपशिल बमोजिम उल्लेख गरेका छौं ।
१) ओमनमा रहेका नेपाली नागरिकहरु मध्य कोरोना (Covid-19) बाट सङ्क्रमित सङ्ख्या रहेको या नरहेको, रहेको भए के कति सङ्ख्यामा रहेको यसको विवरण नाम – ठेगाना खुलाउँदा अप्ठेरो हुने देखिए पनि सङ्ख्या र सङ्क्रमित स्थल सम्म दैनिक जानकारी गराउने वातावरण भइदिए थप सचेत रहन सजिलो हुने कुरा यहाँ समक्ष जानकारी गराउन चाहान्छौ ।
२) (Covid-19) बाट सङ्क्रमित भई उपचार गर्न नसकेका अथवा कामदार कम्पनीले बेवास्ता गरिएका सङ्क्रमित नेपाली नागरिकको जीवन रक्षाका निमित्त नेपाली राजदुतावासले के कस्ता गृहकार्य गरिराखेको छ ? गृहकार्य नभएको भए यस सम्बन्धमा दूतावास उत्तरदायी भै सम्बन्धि कम्पनी /स्पोन्सरहरु सित सहजीकरण गरि ब्यबस्थापन गर्न गराउन ओअनुरोध गर्दछौ ।
३) विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण हुन गएका बन्दावन्दी (luck down) ले नेपाली कामदारहरुले कामगर्ने धेरै जसो कम्पनीहरु बन्द हुनगई आर्थिक रूपमा धरासाही बन्दै गएको र काम नचल्ने,पाउनु पर्ने मासिक पारिश्रमिकहरु नपाउँने, खानबस्न समेत अप्ठेरो परेको जस्ता समस्याहरु ओमानको दुरदराजबाट दिनहु आउने गरेको ले दुताबासले आफ्ना नागरिकहरुको सुरक्षाको निमित्त राहात वितरण प्रकृया के कति गरेको छ र यो कार्यलाई तिब्रता दिदै पीडितहरुको कम्पनी / स्पोन्सरहरुसित सहजीकरण गरि संबन्धित कम्पनी / स्पोन्सरहरुले नै ब्यबस्थापन गर्नेगरी क्रियाकलाप गर्न गराउन अनुरोध गर्दछौ ।
४) ओमनमा कोरोना सङ्क्रमित संख्या दिनानुदीन बढीरहेको,केही नेपाली पोजेटिभ भएको सार्वजनिक भएको सत्यतत्य जानकारी केकती छ, र अन्य पीडित नेपाली मजदुरहरु यो परिस्थितिमा घर फर्कन चाहानेको संख्या धेरै देखिएकोले तत्काल नेपाल सरकारसँग समन्वय गरेर आवस्यक ब्यबस्थापनका निम्ति उपयुक्त कदम चालिदिनु हुन समेत अनुरोध गर्दछौ ।
५) अबैध रूपमा/दूतावासको शरणमा आएका र सामान्य क्वारेन्टाइनमा राख्ने ब्यबस्था अनि स्वदेश नफर्किदा सम्मको लागि दूतावासले खानवस्न र पीडितहरुको लागि केकस्ता पहल गरिरहेको छ या छैन ? तत्सम्बन्धी तत्काल नेपाल सरकार सँग समन्वय गरेर पीडितहरुलाई राहत प्याकेज तयार गर्न र वास्तविक पीडितको पहिचान गरेर मात्र राहत वितरण प्रणाली अपनाउन अनुरोध गर्दछौं ।