नेपालमा एक नौ वर्षीया बालिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–९ की ती बालिकामा संक्रमण पुष्टि भएको हो । यसअघि आइतबार नेपालगञ्जका सात वर्षीय बालकमा संक्रमण देखिएको थियो ।
संक्रमित बालिकाको अवस्था सामान्य रहेको भेरी अस्पतालले जनाएको छ । मंगलबार मात्र नेपालगञ्जका थप ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।