प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य अनिल शर्मा (बिरही) पक्राउ परेका छन् ।
शर्मालाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट पचारका क्रममा मंगलबार पक्राउ गरिएको हो । शर्मा भ-याङबाट लडेर घाइते भएपछि परिवारले उपचारका लागि अस्पताल लगेका थिए ।
अस्पतालमा टिकट काट्दा शर्माले आफ्नो नाम रमेश रिमाल लेखाएका थिए । चितवन प्रहरी प्रमुख नान्तिराज गुरुङले प्रहरीको निगरानीमा शर्माको उचपार भइरहेको जानकारी दिए ।
नेकपाका पोलिट्ब्युरो सदस्यसमेत रहेका शर्मा यसअघि उक्त पार्टीको पूर्वी केन्द्रीय कमाण्डका इन्चार्ज थिए ।