२१ वैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएर घर फर्किएका रौतहटका युवकमा पुनः संक्रमणको आशंका गरिएको छ ।
रौतहट इशानाथ नगरपालिकाका १९ वर्षीय युवक केही दिनअघि निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए । गत १४ वैशाखमा डिस्चार्ज भएका ती युवकलाई पुनः नारायणी अस्पताल वीरगञ्जमै भर्ना गरिएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले ती युवकको स्वास्थ्यमा समस्या देखिएकाले उपचारका लागि शनिबार घरमै स्वास्थ्यकर्मी गएर ल्याएको बताए ।
बुधबार घरमै गएर ल्याएको नमुना परीक्षणको रिपोर्ट शंकास्पद देखिएपछि पुनः अस्पताल ल्याइएको उनले जानकारी दिए ।