काठमाण्डु, २१ वैशाख– संसदको बजेट अधिवेशन आगामी २६ वैशाखबाट सुरु हुने भएको छ ।
सरकारले आइतबारको मन्त्रिपरिषद बैठकबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष २६ वैशाखदेखि वर्षे अधिवेशन पनि भनिने बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो ।
नयाँ आर्थिक वर्षको बजेट हरेक जेठ १५ गते ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था संविधानमा छ ।
यसैबीच सरकारले कोेरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाउँदै आएको लकडाउन पनि सोही दिनदेखि खुकुलो बनाउने तयारी गरेको छ ।
संसद अधिवेशन सुरु भएपछि चहल पहल स्वाभाविक रुपमा बढ्ने भएकाले काठमाण्डु उपत्याका लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए । सरकारले रेड जोन, एल्लो जोन र ग्रिन जोन विभाजन गरी कतै लकडाउन कायम गर्ने, कतै खुकुलो गर्ने र कतै हटाउने तयारी गरेको उनले बताए ।