आउछ जान्छ नियतिको पालो उहि हो🌿🌿
मन सधै खलबल्याउने भुईचालो उहि हो🌿🌿
कझि सम्झाउ आफ्नै मनलाई बारम्बार
जति सम्झाएपनि रोदनको संगालो उहि हो🌿🌿
चामलको बिया झै खुसि खोजेर कहा पाईएला
उर्लिदै आएको आशुको भंगालो उहि हो 🌿🌿
सपना अपार छन् साकार होला विश्वस्त छु
तर नसुर्किने बाध्यताका जालो उहि हो 🌿🌿
संकल्प गरु, आसा जगाउ, विश्वास नतोडु
जति गरु रहर संगालिने डालो उहि होु🌿🌿
तराई लुछियो, हिमाल चुडियो, देश उस्तैछ✍️✍️
रगत उम्ल्यो, सहिद ढल्यो परिवेश उस्तैछ✍️✍️
कति चाहिन्छ जवान छोरा, कोल्टे फेर्न अझै
हिजो जे थियो आज पनि सन्देश उस्तैछ✍️✍️
परदेशिएको मनले कहिले घर सम्झन्छन् खै
हरेक घडि विदेसिने ब्रिफकेश उस्तैछ✍️✍️
पुरा हुन्छ हुदैन गरिव मनको धनी सपना
जारी रहने यिनै पैतालाको ठेस उस्तैछ✍️✍️
दशैजस्तै खुसि आउछ उस्को आगनीमा तर
एक सरो पनि नफेरिएको भेष उस्तैछ