अबुधाबी । कोरोना भाईरसको कारण युएइमा कार्यरत नागरिकहरुलाई आफ्नो देश फर्काउन इन्कार गर्ने मुलुकहरुको कोटा रद्द गर्न सक्ने युएई सरकारले जनाएको छ ।
युएईको मानव संसाधन र एमिरेटिसेसन मन्त्रालयले आफ्नो मुलुकमा फर्कन चाहाने युएईका निजी क्षेत्रमा काम गर्ने नागरिकलाई आफ्नो देश फर्काउन अस्वीकार गर्ने देशहरूसँगको उनीहरूको सहयोग र श्रम सम्बन्धको पुनर्संरचना गर्न धेरै विकल्पहरू विचार गरिरहेको छ- मन्त्रालयका एक आधिकारिक स्रोतले जनाएको कुरा युएईबाट प्रकाशित हुने गल्फ न्युज अनलाईन संस्करणले प्रकाशित गरेको छ ।
इमिरेट्स न्यूज एजेन्सी, डब्ल्यूएएमका अनुसार यी विकल्पका कारण यी देशहरूबाट कामदारको नियुक्तिमा भविष्यमा कडा प्रतिबन्ध लगाउनु र भर्ती संचालनमा “कोटा” प्रणाली सक्रिय पार्ने जनाएको छ । यी विकल्पमा मन्त्रालय र ती देशका सम्बन्धित अधिकारीहरूबीच हस्ताक्षर गरिएको समझदारी सम्झौता (एमओयू) पनि समावेश छ । निश्चित कामका लागि कुनै पनि देशबाट निश्चित संख्यामा मात्रै कामदार ल्याउन यहाँको सरकारले निजी कम्पनीहरुलाई कोटा प्रदान गरेको हुन्छ । अब ती देशहरुको कोटामा कडाइ गरिने युएई सरकारले संकेत गरेको छ ।
सरकारी स्रोतका अनुसार यी विकल्पहरू विचार गरिएको छ र धेरै देशले आफ्नो घर फर्कन चाहने नागरिकलाई प्राप्त गर्न असफल भए पछि उनीहरूले छुट्टि बिदा लिइरहेका हुनाले वा उनीहरूको सेवाहरू हालको अवस्थाको आधारमा समाप्त गरिएको छ ।
ती देशहरू कुनकुन हुन भनेर उल्लेख्य भने कतै गरिएको छैन । हाल युएईमा कार्यरत नेपालीको संख्या २ लाख ७५ हजार रहेको छ ।