नया नै बनेर आओस म चाहन्छु नया वर्ष
पोहोर झै दरार बनेर नआओस
खुसि फरार बनेर नआओस,
रामेको परिवारले टालो फेर्न सकुन
बुढी भएकी आमाले अर्को संसार हेर्न सकुन
नया नै बनेर आओस नया वर्ष म चाहन्छु 🌹
विदेशिने युवालाई देश प्यारो लाग्ने अाशिष लागोस
तव पो मेरो देश पनि नया वर्ष जस्तै फेरिएला,
समृद्धि र सुखले पर्खालले घेरिएला,
नेपाल आमाको न्यानो काख टमक्क बेरीएला,
म चाहन्छु नया नै बनेर आओस नया वर्ष 🌹🌹
म चाहन्छु भ्रष्टाचारको जरो उखेलियोस
अशान्तिको मुना चिमोठियोस,
सकिन्छ भने पराय नजर निमोठियोस,
आओस नया वर्ष,
सबैको घरमा चुलो बल्नेछ,
द्वन्द्व कलहको जरो ढल्नेछ,
माथिल्लो घरकी बजै पनि भन्ने छिन,
बल्ल पो जिवन जिवनजस्तै बन्यो,
दुखले अाहत भएकी थिए,
नया दिनले राहत दिए,
सधै यस्तै दिन आओस
अाशु लुटेर जाओस
नया वर्ष नया नै बनेर आओस🌹🌹🌹
परदेशिएमा मनले प्रियसीको समिप पाउनेछ,
ओईलिईका मखमलिले गुच्छा लस्कर पाउनेछ,
भुकम्पले झै तर्साउने छैन,
विद्रोहले झै बर्साउने छैन
कोरोनाले झै अछुत बन्न नपरोस
देश र आमाको प्यारो सपुत बन्न पाईयोस
उ र म नेपाली हो भन्न पाईयोस,
रत नया वर्ष नया नै बनेर आओस,🌹🌹🌹🌹
सपना ठुलो नदेखु,
देखेको सपना पुरा होस,
जहा पाईला टेकिन्छ, समृद्धिका कुरा होस,
विकाशमा पार्टीको भाग नपरोस,
सामन्तीको खल्तीमा गरीबको छाक नपरोस
म चाहन्छु नया वर्षले नया नै उमंग ल्याओस🌹🌹🌹🌹
गर्भको छोरीले धर्ती टेक्न सकोस
जस्तो सुकै किन नहोस संसार देख्न सकोस
कर्णाली भोको नहोस,
तराई रोको नहोस,
म चाहन्छु उमंग ल्याओस नया वर्षले,🥀🥀🥀
सबै छिमेक छिमेकी नै रहुन,
पराय झै साधसिमाना नछुट्याईयोस
सिमाना त उ पर लगाउनुछ
दुश्मनी नजर सिमापारी भगाउनुछ,
लौ त नया वर्षले यत्ति गरोस,,,💮💮🏵️🌹
हामी सवैले कामना गरौ,
काधमा जिम्मेवारी लिएर हातेमालो गरौ
अनि
नयाँ वर्ष नया नै बनाउला,
अझै अर्को नया बर्ष यसरी नै मनाउला
सुखको घर बनाउला
अनि अर्को रहर थपौला
त्यसपछि
बाच्ने आसा थपिनेछ,
हासोको बीउ रोपिनेछ🥀
म चाहन्छु नया वर्ष नया नै बनेर आओस