– यशोदा गैरे
दिनंहु सन्त्रास बढिरहेछ, मृत्यु सय्या थपिरहेको छ
सयौ देश करोडौ हामी निरासामा बाचिरहेका छौ।
हे अनभिज्ञ जिव,बन्द गर आफ्नो आतंक अब
जाउ फर्किजाउ, औषधि छोडेर जाउ ।
लाखौ ज्यान गईसक्यो भोकमरीले छोईसक्यो
के सजाय दिइरहेछौ किन सताईरहेछौ?
के हामीले जीव, पशु-पक्षीको वासस्थान मेटेका छौ?
कि प्रकृति लाई दुषित बनाईरहेछौ?
भन किन तिमीले रात दिन सताईरहेछौ?
दिन भन्दा भन्दै महिना बितिसक्यौ ,
अब कति कुर्ने बजारमा खानेकुरा रित्तिसक्यो ,
बस अब निणर्य सुनाईदेउ र सजग गराईदेउ,
भनिदेउ हे मानव सबैलाई बाच्न देउ र आफु बाच ।
म त बसेकी छु घरमा परिवारसंग लकडाउन भई
र त तिमीले छुन सकेको छैनौ ।
तर दैनिक हजारौ संक्रमित सयौको मृत्यु हुदा
भन कसरी शान्त भई बस्न सकछौ?
हे कोभिड जाउ अब, केही उपाय दिएर जाउ
शान्तिको दिप बाल्ने अवसर दिएर जाउ ।।