कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन गण्डकी प्रदेश सरकारले विभिन्न तयारी गरिरहेको छ। ११ जिल्ला रहेको गण्डकी प्रदेशको बागलुङमा १९ वर्षीया युवती र ६५ वर्षीया वृद्धा गरी दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ। देशभर रहेका नौ जना सङ्क्रमितमध्ये दुई जना बागलुङमा रहँदा गण्डकी प्रदेश सरकारले सतर्कताको लागि कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।
शुक्रबारसम्म ३१८ जनाको नमुना सङ्कलन गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको वेबसाइटमा शुक्रबारसम्म अद्यावधिक गरिएको तथ्याङ्कअनुसार प्रदेशका ११ जिल्लामा ३१८ जनाको नमुना सङ्कलन गरिएको छ। नेपाल सरकारले द्रुत परीक्षण कीट उपलब्ध गराएपछि केही जिल्लामा आज (शनिबार) देखि सोही कीटहरुबाट परीक्षवण गरिने र १५ देखि ३० मिनेटसम्ममा सम्बन्धित जिल्लामा नै कोरोनाको सङ्क्रमण भए नभएको रिपोर्ट आउने भएको छ। तर शुक्रबारसम्म ‘थ्रोट स्वाब’ बाट नै परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार कास्कीका ८६, स्याङ्जाका १०१, तनहुँका तीन, लमजुङका ३०, गोरखाका तीन, पर्वतका ५०, म्याग्दीका चार, बागलुङका ३८ र मनाङका तीन जनाको स्वाव परीक्षणका लागि नमुना सङ्कलन गरिएको थियो। यीमध्ये स्याङ्जाको एक, पर्वतको चार र बागलुङका १३ वटा नमुनाको नतिजा आउन बाँकी छ। रिपोर्ट आएका ३०० नमुनामध्ये बागलुङका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी २९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। फिवर क्लिनिकमा ६० हजारको परीक्षण सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका प्रदेशका ९ जिल्लामा रहेका फिवर क्लिनिकहरूमा ६० हजार तीन सय ६७ जनाको परीक्षण गरिएको छ।
तथ्याङ्क अनुसार कास्कीमा १२, स्याङ्जामा ४६,१९१, तनहुँमा ४०, लमजुङमा २२६, गोरखामा ४८३, पर्वतमा ३ सय २६, म्याग्दीमा २, बागलुङमा १३,०३४ र मनाङमा ५३ जनाको ज्वरो परीक्षण गरिएको छ। २,७७७ जना होम क्वारेन्टाइनमा प्रदेशका ११ जिल्लामा २,७७७ जना होम क्वारेन्टाइन रहेको वेब साइटमा उल्लेख गरिएको छ। जसमा कास्कीमा ९६, स्याङ्जामा ५ सय ९६, तनहुँमा ५ सय ५०, लमजुङमा २४, गोरखामा १ सय ९३, पर्वतमा १ सय ८५, म्याग्दीमा ९१, बागलुङमा ९ सय ९०, नवलपुरमा ४८, मनाङमा र मुस्ताङमा २÷२ जना रहेका छन्। ४ हजार भन्दा बढी बसे क्वारेन्टाइनमा प्रदेशअन्तगर्गत ११ जिल्लामा रहेका २९५ वटा क्वारेन्टाइन स्थलमा ४,९२१ बेडहरू तयारी अवस्थामा राखिएका छन्।
स्याङ्जाका क्वारेन्टाइनमा ४२, तनहुँमा एक, लमजुङमा २९, गोरखामा ६, पर्वतमा सात, म्याग्दीमा २४, बागलुङमा २६, नवलपुरमा ६६, मनाङमा एक र मुस्ताङमा सात जना गरी २०७ जना रहेका छन्। यीमध्येका धेरै जना १४ दिनको क्वारेन्टाइनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि घर फर्किएका छन्। चार जना आइसोलेसनमा गण्डकी प्रदेशका सबै जिल्लाहरूमा कुल २६५ बेड क्षमताका आइसोलेटेड वार्डहरू तयार गरिएका छन्। कास्कीमा १११, स्याङ्जामा चार, तनहुँमा ४२, लमजुङमा पाँच, गोरखामा २७, पर्वतमा २०, म्याग्दीमा ६, बागलुङमा नौ, नवलपुरमा २४, मनाङमा सात र मुस्ताङमा १० बेडहरू रहेका छन्।
जसमा बागलुङ र नवलपुरमा तयार गरिएका आइसोलेसनमा क्रमश: २/२ जना बसेका छन्। विदेशबाट ४५ सय जना भित्रिए गण्डकी प्रदेशमा कुल ४,५४३ जना नागरिकहरू विदेशबाट स्वदेश फर्किएको पाइएको छ। प्रदेश सरकारका अनुसार कास्कीमा ३८९, स्याङ्जामा ५८१, तनहुँमा ७१३, लमजुङमा १८८, गोरखामा ३९७, पर्वतमा ३१६, म्याग्दीमा १३८, बागलुङमा ८३६, नवलपुरमा ५६०, मनाङमा तीन र मुस्ताङमा २५ जना विदेशबाट आएकाहरू रहेका छन्।