ओमान / ओमानमा कोरोना भाइरसका आज थपिएका ३८ जना नयाँ संक्रमित सहित ४५७ जना संक्रमित भएका छन्। यस्तै ९ अप्रिलसम्म २ जनाको मृत्यु भएको छ भने १०९ जनाले पुनः स्वास्थ्य लाभ प्राप्त गरेका छन्।
तर हालसम्म कुनैपनि नेपालीलाई यसको रोगको संक्रमण भएको नेपाली राजदूतावास, मस्कटले जानकारी दिएकाे छ। यद्यपी काेराेनाकाे महामारीबाट बच्न सबैलाई सामाजिक दुरी कायम गर्नेदेखि स्वास्थ्य सम्बन्धी पूर्वसतर्कता अपनाउन राजदूत सर्मिला पराजुली ढकालले अनुरोध गर्नु भएको छ ।
ओमान सरकारले सम्पूर्ण विदेशी नागरिकहरूलाई समेत ओमानी नागरिक सरह परीक्षण र उपचार निःशुल्क गर्न जनाएको छ ।
कोरोना भाइरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि गठित उच्चस्तरिय समितिको निर्णयानुसार २८ चैत्रदेखि १२ बैशाखसम्म मस्कट प्रशासकीय क्षेत्रमा पूर्णरूपमा लकडाउन गरिने भएकोले उक्त समयमा अत्यावश्यक बाहेक कुनै पनि यात्रा लगायत अन्य गतिबिधि नगर्न दूतवासले आग्रह गरेकाे छ।
साथै ओमानमा रहेका तथा बिदामा घर गएका नेपालीहरूको यदि भिसाको म्याद सकिएको भए रोयल ओमान पोलिसको (आरओपी) वेबसाइटमा गएर अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको दूतवासले जनाएकाे छ। उक्त अनलाइनबाटै आफ्नो भिसाको नवीकरण गर्न सकिने छ।
यस्तै दूतवासले समस्यामा परे टेलिफोनः २४६९६१७७
/ २४६९६८८३ हटलाइनहरू साथै ७१५९२४९०/७१५३०८४० श्रम सहचारीको नं. ७१५९३५०६ मा सम्पर्क गर्न अनुरोध गरेकाे छ।