ओमान / ओमन सरकारले आफ्नो देशमा कार्यरत विदेशी कामदारहरुलाई आफ्नै देशमा फर्किने वातावरण तयार पार्न प्रयास सुरु गरेको छ । देशमा कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि अहिलेसम्म गरिएका प्रयास पर्याप्त नभएको ठहर गर्दै यहाँको परराष्ट्र मन्त्रालयले विदेशी कामदारलाई आफ्नै देश फर्किनको लागि सहज वातावरण बनाउनेतर्फ प्रयास सुरु गरेको हो ।
मन्त्रालयले प्रवासी कामदारलाई आफ्नै देशमा फर्किनको लागि सहज वातावरण बनाउने घोषणा गरे पनि कामदारलाई फर्काउन त्यति सहज भने छैन । मन्त्रालयले प्रवासी कामदारको कुनै पनि अधिकार हनन नहुने गरी उनीहरुलाई स्वदेश फर्काउनेतर्फ प्रयास सुरु गरिएको जनाएको छ । यहाँ सबै प्रकारका उडान बन्द गरिएको छ, कर्फ्यूले समेत प्रवासी कामदारलाई असहज बनाइरहेको छ र उनीहरु यहाँ काम बिना फसिरहेका छन् ।