ओमान / गैरआवासिय नेपाली संघ मध्यपूर्वले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूमा COVID 19 का कारण आउन सक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै सहजिकरण गर्नका लागी एनआरएनए मध्यपूर्व क्षेत्रिय उद्धार समिती गठन गरेका छन्।

एनआरएनए आईसिसी मध्यपूर्व संयोजक प्रविन गुरुङको संयोजगत्वमा गठित उक्त क्षेत्रिय उद्धार समितीले मध्यपुर्वका सम्पूर्ण राजदुताबासको दैनिक प्रतिवेदन प्रत्येक एनसीसी मार्फत जानकारी लिने, महामारी दिन प्रतिदिन बढ्दै गइरहेकॊ प्रति भयवित हैन सजक रहन नेपाली समुदायलाई प्रोत्साहीत गर्ने र गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारले गरेको आह्वानलाई सम्पुर्ण प्रबासी कामदारहरूमाझ पुर्याउने जस्ता रणनीतिहरू कार्यन्वयन गर्ने भएका छन् ।
उक्त समितीमा एनआरएनए आईसिसी मध्यपूर्व सहसंयोजक मनोज कुमार श्रेष्ठ उप-संयोजक तथा राजेन्द्र अर्याल प्रवक्ता रहेको छ भने सदस्यहरूमा राज रेग्मी (कतार), सुमित्रा पौडेल (कुबेत), येसमिन बेगम सैयद (साउदी अरब), रमेश भट्ट (कतार), नारायण पासवान (साउदी), ठाकुर प्रसाद ढुंगाना (युएई), अमित राई (कुवेत), अजय यादब (ओमन), लाल प्रसाद पुन (बहराईन), नबिन पौडेल (युएई), राजु केशी (युएई), नेत्र प्रसाद शर्मा (युएई), अब्दुल बासिद (कतार), होम नाथ शर्मा (कतार), युब राज शर्मा (कतार), केबी हमाल (कतार), मोहम्मद मुक्तदा मुसलमान (कतार), प्रकास कोईराला (युएई), तेज थापा (साउदी अरब), सुजन केसी (कुवेत), लक्ष्मी गिरि (बहराईन) र सेवन्त पुर्जा पुन (ओमन) रहेका छन्।
त्यसैगरी समितीको मिडिया संयोजकमा मेघराज सापकोटा (युएई) रहेको छ भने सदस्यहरू शुक्र मोक्तान (साउदी अरब), सुवास शर्मा (युएई), दिप जङ शाहा (कतार), अमर श्रेष्ठ (बहराईन), माधब शाही (कुवेत) र पूर्ण बि.क. पहाडी (ओमन) रहेका छन्।यसै सन्दर्भमा सहजताको लागी मध्यपूर्वका सबै एनसिसीहरूको सम्पर्क नंबर पनि सार्वजनिक गरेका छन्, जसमा सुजन केसी (कुवेत:००९६५९४४७१२२२), प्रकाश कोईराला (यूएई: ००९७१५०६५८१४४३), लक्ष्मी गिरी (बह्राईन: ००९७३३८११२३७०), मोहम्मद मुक्तदा (कतार:००९७४७४४४९५९२), सेवन्त पूर्जा (ओमन: ००९६८९१७५४०७९) र तेज थापा (साउदी: ००९६६५०४४३८३७७) रहेका छन्।
