मंगला गाउँपालिका-३ पाखुरेबासकी ७२ वर्षिया जशोधा खड्का आफ्नै घरमा दाल पकाउने क्रममा प्रेसर कुकर पड्कीदा घाईते भएकी छिन । बिहान कुकर पड्केर घाइते जशोधालाइ बेनी अस्पताल म्याग्दीमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा गण्डकी अस्पतालको लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरी टोली खटिई गएको समेत प्रहरीले जनाएको छ ।