
कार्यक्रमको फोटो
३८औ ऐतिहासिक मगर दिवसको उपलक्ष्यमा नेपाल मगर सँघ ओमानले २८ फेब्रुअरी शुक्रबारको दिन ओमानको राजधानी मस्कटमा पाँचौ बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।सँघका अध्यक्ष यामु थापा मगरको सभापतित्व,राजदुतावास ओमानकी श्रम सहचारी कृष्णा गौलीको प्रमुख आतिथ्य र गैर आबासीय नेपाली सँघका प्रबक्ता डिबि क्षेत्रीको विशेष आतिथ्यमा भएको कार्यक्रमलाई विशेष बनाउनलाई नेपालबाट बहुचर्चित लोकदोहोरी गायिका टीका पुन र चर्चित लोकदोहोरी गायक तथा सन्चारकर्मी प्रेमबिबश घर्ती मगरलाई नेपालबाट बोलाईएको थियो।
ओमानमा हाल क्रियाशील प्राय सबै सँघ सँस्थाका प्रतिनिधिहरुलाई आतिथ्य ग्रहण गराईएको कार्यक्रममा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो। त्यसैगरि नेपालबाट आएका कलाकारद्वयको दमदार प्रस्तुतिले कार्यक्रमलाई सब्य र भब्य बनाएको थियो।सँघका महासचिव सुशील पुन मगर र उपाध्यक्ष गोम सारु मगरले सन्चालन गर्नुभएको कार्यक्रममा मगर जातीको परिचयसहित स्वागत मन्तब्य सँघका सल्लाहकार हरि सिँजाली मगरले दिनुभएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्नो सँस्कृति झल्किने कौडा तथा शालैजो नृत्य देखाउनुका साथै अन्य विविध प्रस्तुतिहरु पेश गरेका थिए।नेपाल मगर सँघ ओमानले हरेक बर्ष यस दिवसमा बृहत् साँस्कृतिक कार्यक्रम गर्दै आएको छ।